वाईडबडी खरिद भ्रष्टाचार प्रकरण, अख्तियारले कंशकारलाई नछोड्ने ! (भिडियोसहित)

0
Shares

काठमाडौं, १ मंसिर । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार वाईडबडी जहाज खरि प्रकरणमा भएको भ्रष्टारमा मुछिने निश्चित् भएको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनलाई यो प्रकरणमा तान्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पनि आफूले यो प्रकरणमा भएको भ्रष्टाचारलाई सार्वजनिक गरेरै छाड्ने उद्धघोष गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशरण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।