मंसिर २, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले संविधान संशोधन लगायतका मागहरुप्रति वेवास्ता गरेको गुनासो गरे ।
सरकारलाई जुन उद्धेश्य र अपेक्षाका साथ समर्थन गरिएको थियो त्यो पूरा नभएको कर्णले बताए ।
आफू मधेशी जनताको अधिकारका लागि ४० वर्षदेखि लड्दै आएको जिकिर गर्दै कर्णले राज्यसत्ताका कारण मधेशी जनता अधिकारविहिन भएको आरोप लगाए ।
राजपाले दशैँअघि नै प्रधानमन्त्री केपीओलीलाई भेटेर छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । तर संविधान संशोधन प्रक्रिया अगाडि बढेको छैन । राजपाका नेताहरुले दशैँअघि भनेजसरी सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्न सकेको छैन ।




प्रतिक्रिया