बालुवाटारमा ओली–प्रचण्डबीच छलफल, यस्तो कुराकानी भयो

0
Shares

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा भएको भेटवार्तामा पार्टी एकीकरणसम्बन्धी छलफल भएको बालुवाटारनिकट स्रोतले जानकारी दिएको छ ।

आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिनेबारे अध्यक्षद्धयबीच आज विशेष कुराकानी भएको छ । प्रधानमन्त्री अवस्वस्थ भएकोले पार्टीका विभिन्न बैठकहरु बस्न ढिलाई भैरहेको नेता तथा कार्यकर्ताको गुनासो छ ।