काठमाडौं, २ मंसिर । काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको कमाण्ड गर्नेगरी स्थापित महानगरीय प्रहरीले आज स्थापनाको १३ बर्षगाँठ मनाएको छ।
आईतबार काठमाडौंको भृकुटीमण्डपमा १३ औं महानगरीय प्रहरी दिवस मनाउँदै गर्दा निमित्त प्रहरी प्रमुख (एआईजी) पुष्कर कार्कीले महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकारको आवश्यकता औंल्याए ।

उनले भने, ‘अर्धन्यायिक अधिकारको अभावमा जन अपेक्षाअनुसार काम गर्न कठिनाई भईरहेको छ, महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकार दिलाउनका लागी हामी होमवर्क गर्दै छौं ।’
विगत १२ बर्षदेखि महानगरीय प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेर जाने प्रहरी प्रमुखहरुले मञ्चमा उभिएर अर्धन्यायिक अधिकारको कुरा उठाएपनि त्यस्तो अधिकार मेट्रो प्रहरीले अहिलेसम्म पाउन सकेको छैन् ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया