तीन कोइराला नेताहरु एउटै मालामा, अब सँधै एक हुने घोषणा

0
Shares

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका तीनै जना कोइराला नेताहरु एउटै माला पहिरिएर उपस्थित् भएका छन् । गिरिजा कोइराला (जीपी) फाउन्डेशनले आइतबार विराटनगरमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित केन्द्रीय सदस्यद्वय शेखर र सुजातालाई एउटै माला पहिर्याइएर स्वागत गरे।

कोइराला परिवार एकजुट भएर पार्टीलाई अघि बढाउन आयोजकले तीन जना नेतालाई एउटै माला लगाइदिएका थिए। जीपी कोइराला फाउन्डेशनलाई धन्यबाद दिँदै केन्द्रिय सदस्य शेखर कोइरालाले कोइराला परिवार हिजो, आज र भोलि एकै ठाउँमा हुने बताए।

‘हामी तीन जना कोइरालाहरु राजनीति गर्दैछौं। तर तीन तिर फर्केका छौं भन्ने तपाईहरुलाई लागेको होला,’ शेखरले भने, ‘आजको कार्यक्रमले तपाईको भ्रम अलिकति भने पनि निवारण भयो।’ कोइराला परिवार पहिलेदेखि अहिलेसम्म र भोलिका दिनमा पनि एकजुट भएर जनताको सेवामा लाग्ने उनले बताए।

तस्विर स्रोत : दिनेशचन्द्र थपलियाको फेशबुक