मनमोहन अधिकारी नेतृत्वको सरकारको तुलनामा ओली पुरै असफल


मंसिर २, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टिको नेतृत्वमा नेपालमा दुइतिहाइ बहुमतको सरकार छ । यसअघि तत्कालिन नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार हुँदा केही उल्लेखनीय काम गरेर प्रशंसा कमाएको थियो । तर अहिले एकतापछिको नेकपाको नेतृत्वमा बनेको सरकार दिनप्रतिदिन आलोचनाको सिकार बन्दै गएको छ ।

चुनावअघिको प्रतिवद्धता, घोषणापत्र र केपी ओलीको भाषणकै कारण यो सरकारले धेरै काम गर्छ भन्ने आपेक्षा गरिएको थियो । केपी ओली प्रधानमन्त्री भएपछि संसदमा पनि दुई तिहाई सांसदको समर्थन प्राप्त भयो । सरकारलाई काम गर्नका लागि कुनै पनि कुराको कमी नभएपछि तिब्र गतिमा विकास निर्माण र समृद्धिको यात्रा अघि बढ्ने अपेक्षा थियो । तर त्यसो भएन । विगतमा अल्पमतको सरकारको नेतृत्व गरेका मनमोहन अधिकारीले ९ महिनामा गरेको कामको तुलनामा ओली सरकारले गरेको काम छायाँमा परेको छ ।

सत्तारुढ दल नेकपाकै नेताहरु अहिलेको सरकारको काम गराईबाट सन्तुष्ट छैनन् । नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल अहिलेको सरकारले मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकाले गरे जस्तो काम गर्न नसकेको बताउँछन । भुसालले अधिकारीको पालामा भएका काम यसरी स्मरण गरे ।

ओली नतृत्वको सरकारले जनभावनाअनुसार काम गरेको नै दावी भने गर्दै आएको छ । तर यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि वर्तमान सरकार काम गर्न नसकेर असफलतातिर गइरहेको टिप्पणी गरेको छ ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल पनि ओली नेतृत्वको सरकाले जनतामाझ गरेको प्रतिवद्धता विर्सिएको बताउँछन् ।

सरकारले उपलब्धि मुलक काम गरेको दावी गरिरहेको छ । तर असन्तोषका स्वरहरु बढीरहेका छन । त्यसकारण सरकारले गम्भिर रुपमा कार्यान्वयन पक्षलाइ सवल बनाउनुको विकल्प छैन ।