जनताले खोजेको विकास र समृृद्धिमा जोड

राजकिशोर यादव, नेता, राजपा
0
Shares

काठमाडौँ,३ मङ्सिर । राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन।

सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्नेमा जोड दिएका छन । चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । “दलित, गरीब र असहायलगायतको नाममा राजनीति गरियो, तर नेतृत्वकर्ताले काम गर्न नसक्दा ती समुदाय पछि पर्दै गए,” उनले बताए । सिरहा क्षेत्र नं ४ बाट निर्वाचित सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने कर्जन्हा नगरपालिकाको विकास गर्न संसदीय कोषको ५० प्रतिशतभन्दा बढी खर्च गर्न लागेको जानकारी गराएका थिए ।रासस