काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले वर्तमान सरकारले यो ९ महिनाको अवधिमा मुलुक र जनताको अहित हुनेगरि कुनैपनि काम नगरेको दाबी गरेका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । बजेटको पहिलो चौमासिक समाप्त भैरहेको सुनाउँदै उनले अहिले नै बजेट कार्यान्वयनबारे सम्पूर्ण मुल्यांकन गर्न नसकिनेपनि जिकिर गरे ।
सरकारले आफ्ना क्रियाकलाप र कामहरुलाई एकदमै पारदर्शी बनाएकोपनि उनको दाबी छ । पाण्डेले भने,”जनतालाई सुसुचित हुने कुराबाट यो सरकराले कहिल्यैपनि बञ्चित गर्ने काम गर्दैन् । यसले पारदर्शी अपनाएको छ ।”




प्रतिक्रिया