मुख्यमन्त्रीको दाबी : गण्डकी प्रदेशमा १२ वर्षभित्र गरिबी अन्त्य गर्छु

0
Shares

लमजुङ, ४ मंसिर । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको १२ वर्षभित्र गन्डकी प्रदेशमा गरिबीको अन्त्य गरिने बताएका छन् । सोमबार लमजुङको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सन् २०३० सम्ममा प्रदेशमा गरिबी अन्त्य गरिने बताएका हुन् ।

प्रदेशमा भोकमरी तथा गरिबीको अन्त्य गर्नेगरी अहिलेदेखि नै उत्पादनमुखी कार्यक्रममा जोड दिइएको उनले उल्लेख गरे । चालू आर्थिक वर्षमा लमजुङमा ३०० होमस्टे प्रवर्धन गर्नेगरी कार्यक्रम सन्चालन गरिने उनको भनाइ छ । होमस्टे प्रवर्धनका लागि ३० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले सुनाए ।