काठमाडौं, ५ मंसिर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ । दक्षिण अेमेरिकी टोली ब्राजिलले अफ्रिकी प्रतिद्वन्द्वी क्यामरुनमाथि १–० को साँघुरो जित निकालेको हो ।
खेलको आठौं मिनेटमै ब्राजिलका कप्तान नेयमारको खुट्टाको मांशपेशीमा समस्या आएपछि उनले मैदान छाडे । उनकै ठाउँमा मैदान प्रवेश गरेका रिचार्लिसनले ४५ औं मिनेटमा एक गोल गरे ।
दोस्रो हाफमा कुनै पनि टोलीले गोल थप्न नसक्दा एभर्टनका खेलाडी रिचार्लिसनकै गोल निर्णायक बन्यो । स्टार खेलाडी नेयमार घाइते भए पनि उनको चोट गम्भीर नभएको बताइएको छ ।
नेयमार हाल फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जमेर्न (पि.एस.जी) बाट खेल्दै आएका छन् । उता विश्व विजेता फ्रान्सले उरुग्वेलाई हराएको छ । गएराति भएको खेलमा फ्रान्सले उरुग्वेलाई १–० ले हराएको हो ।
फ्रान्सको जितका ओलिभर जिरुले ५२ औ मिनेटमा पाएको पेनाल्टी अवसरमा गरेको गोल नैं निर्णायक बन्यो । एजेन्सीको सहयोगमा




प्रतिक्रिया