‘ब्रुमर’यन्त्र आउन अझै दुई महीना लाग्नेः महानगरपालिका

0
Shares

काठमाडौँ,५ मङ्सिर । धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भए पनि केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।

इटलीबाट ल्याइने उक्त यन्त्र खरीद गरिसकेको भए पनि ल्याउन केही प्रक्रिया बाँकी रहेकाले अझै दुई महीना लाग्ने भएको कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । कामपाले रु १२ करोड मूल्य बराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको हो ।

हाल कामपाले कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । महानगरको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीमा दैनिक धूलो सफा गर्ने र पानीले पखाल्ने काम गरिरहेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै : काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै एक हप्ता लाग्ने

महानगरले शहर सफा गर्न गत भदौको अन्तिम सातादेखि पाँच वटा ठूला यन्त्र प्रयोगमा ल्याइसकेको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर कामपाले ती यन्त्र प्रयोगमा ल्याएको थियो ।रासस