डडेल्धुराको रडुवामा बस दुर्घट्ना : मृतकको संख्या १८ पुग्यो


काठमाडौं, ६ मंसिर । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८पुगेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

हाम्रा सहकर्मी हरिश चन्दका अनुसार अमरगढी ५ मा लाग्ने उग्रतारा भवती मन्दिरमा लागेको बृहत्त मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका हुन् । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।