काठमाण्डौं । दसैंअघि राजधानीमा मेलम्चीको पानी आउँछ भनेर प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले पटक–पटक मिति नै घोषणा गरे । ताली पनि बजे । तर मेलम्ची आयोजनाले अझै पूर्णता पाएको छैन । आयोजनाले अबको डेड महिनाभित्र पानी वितरण गरिने अर्को बचन दिएको छ ।
मेलम्चीको पानी काठमाडौँ आउन अझै तीन महिना लाग्न सक्ने देखिएको छ । सुरुङको प्लास्टर र ढलानको काम सकिन लागेको छ । अब प्लास्टर र ढलान सम्पन्न गर्न जम्मा ३ दशमलव ५ किमि बाँकी छ । तर राजधानि बासि अझै विस्वस्त हुन सकेका छैन । विगत लामो समय देखि पानी आउला र काकाकुल जिवनको अन्त्य होला भन्ने आसा गरेपनि अझै आउनेकुरामा शंका भने उत्पन्न भएको छ ।
कामको तीव्रता र समवायाधि मुल्यांकन नगरी लोकप्रिय बन्ने होडमा कति पटक यस्ता बयानबाजी अझै राजधानीबासीले सुन्न बाँकी नै छ । निर्माण कम्पनी स्वयम्ले दुइ महिना समय तोक्दै गर्दा के उसलाई यति पनि हेक्का थिएन कि आफुले गरिरहेको काम कति समयमा सम्पन्न गर्न सक्छु भनेर ।
मेलम्चीमात्रै नभई राजधानी लगायत मुलुक भरकै राष्ट्रिय आयोजनाहरुको हविगत यस्तै छ । कामको गति हेर्दा अझै तीन महिनामा पनि नसकिने पक्का देखिन्छ । समितिका अनुसार मेलम्ची खोलामा हाललाई अस्थायी डाइभर्सन बनाएर पानी ल्याउने तयारी गरिएको छ । पानीको बहाव कम भएको बेला स्थायी डाइभर्सन निर्माण गरिने छ । तर मेलेम्ची आयोजनाका जानकारले भने अवको डेड महीनामा पानी आइसक्ने आँकलन गरेका छन ।
मेलेम्ची आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ । यती ठुलो रकम खर्चेर ल्याउन लागिएको आयोजनाको पानी अझेै ४ बर्ष सम्म सबै काठमाण्डौ बासिले प्रयोग गर्न भने पाइने अवस्था नरहेको देखिएको छ । अझै पनि राजधानीका कतिपय ठाउँमा पुरानो पाइप घर घरमा समेत पुगेको छैन । र घरघरमा पुग्न अझै टाईम लाग्ने जानकार बताउछन ।
औसत रुपमा प्रत्येक काठमाडौँबासीका लागि दैनिक १३५ लिटर पानी आवश्यक रहेको देखाएको छ यद्यपि ३४ लिटरमात्रै खपत गर्न पाँउदछन् । जसमा काठमाडौँ उपत्यका खानेपानी आयोजना केयुकेएलले २५ प्रतिसत मात्रै पुरा गरेको छ । जस मध्ये ३५ प्रतिसत भने खेर गई रहेको छ । ट्यांकरहरुले मात्रै राजधानीबासी लाई २ करोड लिटर पानी उपलब्ध गंराउदै आएका छन् ।
वार्षिक डेढ करोड लिटरको दरमा माग बढी रहेको छ । यहि दरमा राजधानीमा पानीको माग बढ्दै जाँदा अहिले देखि नै मेलम्ची जस्तै आयोजनाको अन्य विकल्प खोज्न थालिएन भने अबको ५ वर्ष पछि पुनः काठमाडौँ काकाकुल बन्ने निश्चित छ । सरकार पाँच वर्षको लागि ढुक्क भनेर माननीयज्युहरु पुलकित हुँदा किन यस्ता पाँच वर्षे र दश वर्षे आयोजना कार्यन्वयन गरि ढुक्क हुने तर्फ सम्बन्धित मन्त्रालय, विभागहरुको ध्यान जाँदैन । प्राइम टाइम्स टेलिभिजनका लागि क्यामेरामा अनिल श्रेष्ठका साथ बिजिनेस ब्युरो ।




प्रतिक्रिया