चितवन, ७ मङ्सिर। उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताएका छन्।
शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आफूहरु तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने बताएका हुन् । पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको पनि उनले दाबी गरे ।
फरक प्रसँगमा उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे ।
मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको जानकारी गराए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने पक्षमा सरकार अघि बढेको उनले विश्वास दिलाए ।




प्रतिक्रिया