काठमाडौं, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड मुल्यको गाडी किन चाहियो ? भनेर कांग्रेस नेताले प्रश्न तेर्साएपछि टेलिभिजन कार्यक्रमको ‘लाईभ सो’मै नेकपाका नेताले प्रतिकार गरे । पत्रकार ऋषि धमलासँगको कुराकानीमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताबीच यो विषयमा भनाभन भएको हो ।
कांग्रेस नेता एवम् पूर्व सांसद रामहरि खतिवडाले राष्ट्रपतिलाई यत्रो विलाषी गाडी किन चाहियो ? भनेर प्रश्न तेर्साएपछि विवाद सुरु भएको हो । खतिवडा बोले लगत्तै नेकपाका नेता एवम् सांसद यज्ञराज सुनुवारले खतिवडाको असन्तुष्टिमाथि प्रतिकार गरे । उनले राष्ट्रपतिलाई गाडी खरिद गर्ने निर्णय पूर्ववर्ती सरकार नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको बताए ।
यज्ञराज सुनुवारले भने, अहिले निर्णय गरेको होईन । रामहरिले त्यो निर्णय फिर्ता गरे भैगयो भने । ठूलो बंगाला किन चाहियो ?




प्रतिक्रिया