Logo

मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको प्रथम बिस्तारित भेला सम्पन्न, अध्यक्षमा रिजाल



मोहन कार्की : युरोप, १० मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको प्रथम बिस्तारित भेला सम्पन्न भएको छ ।

“सबैकालागि खेलकुद” भन्ने मूल नाराकासाथ पोर्तुगलका नेपाली युवाहरुमा खेलकुदको माध्यमबाट विकास तथा सहयोग पुर्याउन र खेल भावनालाई अभिवृद्धि गर्न उक्त विस्तारित भेलाको आयोजना गरिएको प्रवासी नेपाली मञ्चका बरिष्ठ उपाध्यक्ष रोबोट लिम्बुले जानकारी दिए ।

विस्तारित भेलाबाट अध्यक्षमा अमृत रिजाल, वरिष्ठ उपाध्यक्षमा हेमराज सुवेदी, उपाध्यक्षमा द्धय युवराज खनाल र माया पौडेल, महासचिवमा दीपक खत्री, सचिवहरुमा प्रभाष चौरेल र सुमन अखेली चयन भएका छन् ।

लिम्बुले मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोर्तुगलमा रहेका नेपाली युवाहरुलाई खेलकुदमार्फत एकीकृत गर्न कोशेढुंगा सावित हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्