मंसिर ११, काठमाण्डौ । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइड बडी खरिद प्रक्रियामा आफूले कुनै अनियमितता नगरेको दावी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कंशाकारले जहाज खरिदमा शुन्य कमिसन खाएको जिकिर गरे ।
आफूले विना कमिसन २५ अर्वको काम गरेको तर अनावश्यक आरोप लागेको कंशाकारले बताए ।
उनले कमिसन खाएको वा भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौति पनि दिए । भ्रष्टाचारीलाई जेल मात्रै होइन फाँसी नै दिनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए ।
आफूलाई पहिला पनि भ्रष्टाचार नगर्दा पनि ८ वर्ष जेल हालिएको स्मरण गर्दै उनले अहिले पनि फसाउन खोजिएको आरोप लगाए ।




प्रतिक्रिया