कंशकार किन उडे बैंकक, पैसा राख्न कि उपचार गर्न ? (भिडियोसहित)

0
Shares

काठमाडौं, ११ मंसिर । वाइड बडी खरिद प्रक्रियामा घोटाला भएको चर्चा चलिरहेको बेला नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार एक्कासी बैंकक उडेका छन् ।

उनी हिजो राति बैंकक उडेका हुन् । हुन त कंशाकारले आफू उपचारको लागि त्यसतर्फ गएको दाबी पत्रकार ऋषि धमलासँगको कुराकानीमा गरेका छन् ।

उनले वाईड बडी खरिदमा आफूले कुनै अनियमितता नगरेको दावी पनि गरेका छन् । प्राइम टाइम्स टेलिभिजनबाट हिजो राति प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार धमलासँग कुरा गर्दै कंशाकारले जहाज खरिदमा शुन्य कमिसन खाएको जिकिर गरेका हुन् । आफूले विना कमिसन २५ अर्वको काम गरेको तर अनावश्यक आरोप लागेको कंशाकारले बताए ।

उनले कमिसन खाएको वा भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौति पनि दिए । भ्रष्टाचारीलाई जेल मात्रै होइन फाँसी नै दिनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए । आफूलाई पहिला पनि भ्रष्टाचार नगर्दा पनि ८ वर्ष जेल हालिएको स्मरण गर्दै उनले अहिले पनि फसाउन खोजिएको आरोप लगाए ।