स्वीस सरकारको पैसामा यि हुन् बैँककमा पिकनिक जाने नेताहरु


काठमाण्डौ । नेपालको द्धन्द्धकालिन घटनावारे सहमती जुटाउन सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरु अहिले थाइल्याडको राजधानि बँैककमा पुगेका छन ।

स्वीस सरकारको आर्थिक सहयोग तथा युरोपेली युनियनको दवावमा नेताहरु द्धन्द्धकालिन घटनाको राजनीतिक सहमती निकाल्न बैककमा व्यस्त भएको बताइएको छ ।

विगतमा द्धन्द्धमा होमीएको पार्टी नै सरकारमा गएको भएपनि पीडितको घाउमा अहिलेसम्म पनि मलम लगाउन सकिएको छैन ।

युरोपेली युनियनको द्धन्द्धलाई सम्वोधन तत्काल गर्नुपर्ने दवाव तथा स्वीस सरकारको आर्थीक सहयोगमा नेताहरु बैककमा वार्तामा ब्यास्त छन । वीगतमा द्धन्द्ध मच्चाउने पार्टि अहिले सरकारमा छ । तर द्धन्द्ध पीडितकोे मागलाई सम्बोधन गर्न राज्य उदासिन भएपछि अन्तराष्ट्रिय दवाव परेको हो ।

सरकारकातर्फवाट बैकक बैठकमा उर्जामन्त्री वर्षामान पुन, उद्योग मन्त्री मातृका यादव, नेकपाका नेताहरु भीम रावल, जर्नादन शर्मा र हरिवोल गजुरेल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसका नेताद्धय डा.मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्धन्द्ध पीडितवारे ६३ हजार बढी उजुरी दर्ता भएका छन । संव्रmमणकालिन न्यायको मतभेद हल गर्न बैककमा बैठक आयोजना गरिएको नेताहरुले बताएका छन । तर राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी बैककमा अन्तराष्ट्रिय दवावमा गरिएको बैठकले कुनै उपलब्धि नहुने बताँउछन ।

द्धन्द्धको क्रममा भएका मानब अधिकार उल्लंघन र बेपताका घटना छानवीनगरी सत्यतथ्य पत्ता लगाई मेलमिलाप गराएर पीडितलाई न्याय दिलाउन सरकार उदासिन देखिएको अवस्थामा यो बैठक नेताहरुको लागि पिकनिक बाहेक केही नहुने डा.केसीको विष्लेषण छ ।

वीगतमा माओवादी द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लंघनका गम्भिर घटनाको छानवीन गर्न गठीत आयोगमा परेका उजुरीको अहीलेसम्म पनि छानवीन टुङगोमा पुगेको छैन । राजनीतिक इच्छा शतिmको कमीले गर्दा दलहरुले सहयोग नगरेको कारण काम गर्न नसकिएको आयोगले बताउदै आएको छ ।