काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई चर्को दबाब दिएका छन् । सभापति देउवाकै कारण पार्टी कमजोर भएको लगातार आरोप लगाउँदै आएका बरिष्ठ नेता पौडेलले पछिल्लो समय उपसभापति थप्नको लागि देउवालाई चर्को दबाब दिँदै आएका छन् ।
विधानविपरित विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरेपछि पौडेल समूह देउवासँग असन्तुष्ट बनेको हो । नेता पौडेलले त सार्वजनिक कार्यक्रममै देउवाको यो कदमको विरोध जनाएका थिए । तर, भित्रि रुपमा नेता पौडेलपनि अहिले उपसभापति थप्नुपर्ने पक्षमा पुगेका छन् । उनले आफ्नो गुटको मान्छेलाई उपसभापति बनाउनको लागि देउवालाई दबाब दिएका छन् ।
यही रणनीतिअनुसार पौडेलले देउवालाई गलाउन दबाब दिँदै आएका छन् । उपसभापति थप्दाखेरि अब तीन जना थपौं भन्ने पौडेलको भनाई छ । पर्सीको बैठकमा यसबारेमा पौडेलले देउवालाई कन्भिन्स गराउने युवा नेता प्रदीप पौडेलले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।




प्रतिक्रिया