अनियमितता स्वीकार्य छैनः महान्यायाधिवक्ता खरेल

0
Shares

काठमाडौँ,१२ मंसिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताएका छन।विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी गराए ।

महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। उनले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पारेका थिए ।

सरकारले प्रदान गरेको सेवा सुविधाप्रति असन्तुष्टि भए माग गर्ने बाटो रहेको बताउँदै अनियमितता गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुुने छैन उनले बताए। रासस

Skip This

Omoda E5 Pro