देउवा र शशांकको घरमा छुट्टाछुट्टै बैठक, पदाधिकारी थप्ने/नथप्नेबारे विवाद

0
Shares

काठमाडौं, १२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक भोलि बस्दैछ । भोलिको बैठकमा विधानबारे बृहत्त छलफल हुने बुझिएको छ । त्यसको पूर्व सन्ध्यामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज छुट्टाछुट्टै बसेको छ ।

आज विहान देउवा निवास बुढानिलकण्ठमा देउवा समूहको बैठक बस्यो । देउवा समूह तत्काल पदाधिकारी नबढाउने पक्षमा छ ।तर, पौडेल समूहले उपसभापति बढाउनुपर्ने अडान लिँदै आएको छ । देउवाले भने विधानमा दुई वटा उपसभापतिको प्रावधकान नभएकोले अहिले संख्या नबढाउने प्रष्टाउँदै आएका छन् ।

तर, पौडेल पक्षले तीनदेखि ५ उपसभापति थप्नको लागि सभापति देउवालाई दबाब दिएका छन् । पौडेल समूहको बैठक महामन्त्री डा. शशांक कोइराला निवासमा बसिरहेको छ । उक्त बैठकमा बरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासहित सबै केन्द्रिय सदस्यहरु बसिरहेका छन् ।