काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले पूर्णता पाएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार आजको बैठकले टुँगो लगाएको नाम भने बिहीबारमात्रै सार्वजनिक गरिनेछ । प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव भने असोज ५ गतेको सचिवालय बैठकले चयन गरिसकेको छ ।
बिहीबारदेखि शुरू भएको सचिवाल बैठकले केन्द्रीय समितिको कार्य्विभाजन र पोलिट्व्युरो गठन भने टुंग्याउन सकेन ।




प्रतिक्रिया