काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले हिजो बसेको सचिवालय बैठकले गरेको प्रदेश कमिटीलाई पूर्णता दिने निर्णयले नेकपा अब टुप्पीमात्रै एक नभएर शरिर पनि एक भएको स्पष्ट पारेका छन् ।
बिहीबार विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । प्रदेश कमिटीले पूर्णता पाएकोमा उनले खुशी व्यक्त गरे । यद्धपी उनले नेकपालाई गुटरहित ढंगले एकताबद्ध बनाएर अघि बढाउनुपर्ने आवश्यकत्ता रहेको सुनाए ।
व्यक्तिगत स्वार्थमा पार्टी केन्द्रित भयो भन्ने आरोपमा सच्चाईमा आधारित रहेको उनले स्पष्ट पारे । उनले भने,”कतिपय नेताहरुप्रति कार्यकर्ताको गम्भिर र गहिरो आलोचना छ । तर, केही नेताहरुप्रति आशापनि छ । हामी गलत हुन दिन्नौं । पार्टीलाई एकतावद्ध र अनुशासित बनाएर लैजान्छौं ।”
२१ जना केन्द्रिय समिति सदस्यहरुले बैठक बोलाउन आग्रह गर्नुलाई आफूले स्वागत गरेको खनालले बताए । सचिवालय बैठकमा महत्वपूर्ण कुराहरु टुँगो लगाउने उनको विश्वास छ । पार्टीको नीति, सिद्धान्तसहित नै केन्द्रिय कमिटीको बैठक राख्नेपनि उनले जनाए ।
प्रधानमन्त्री र ओलीबीच आफ्नो कुरा मिलेको उनले सुनाए । आफू गुट, उपगुट र निरंकुशताको विरुद्धमा लड्दै आएको मान्छे भएकोले अहिले नेकपाको एकताको निम्ति लडिरहेको पनि खनालले सुनाए ।




प्रतिक्रिया