काठमाडौं, १३ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालभित्र यतिवेला भाँडभैलो भएको छ । अध्यक्ष मण्डलका संयोजकमा महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई चयन गरिएसँगै ठाकुर पक्ष असन्तुष्ट बनेको हो । स्रोतका अनुसार ठाकुर यतिवेला पार्टीका अन्य शीर्ष नेताहरुसँग रुष्ट छन् ।
संयोजक फेरिएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको हो । विवाद चुलिएसँगै ठाकुर पार्टी नै परित्याग गर्ने मुडमा पुगेको उनी निकट एक नेताले जनाए ।
यसअघि पनि ठाकुर पक्षीय नेता वृषेशचन्द्र लालको अगुवामा असन्तुष्ट नेताहरुको छुट्टै बैठक बसेर महतोलाई संयोजक बनाएकोमा विरोध जनाईसकेका थिए ।
उता महतो पक्षधर नेताहरुले त खुशी नै मनाएका छन् । केही दिन अघि प्राईम टाइम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ठाकुरको विरोधमा बोलेका थिए ।
तर, वृषेशचन्द्र लालले राजेन्द्र महतोलाई संयोजक नस्विकार्ने पनि दाबी गरेका छन् । ठाकुर केही दिनपछि भारत जाने कार्यक्रम तय भएको छ । उनी यस्तो बेला




प्रतिक्रिया