विराटनगर, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।
परिणाममुखी काम गर्न आवश्यक भएको भन्दै उनले आत्मसमीक्षा जरुरी भएको स्पष्ट पारेका हुन् । तर, अहिले नै सरकारको नै मूल्याङकन गर्ने बेला भने भइनसकेको उनको भनाइछ ।
विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता श्रेष्ठले यस्तो बताएका हु्न् । उनले भने, ‘सरकारको कामको मूल्याङन गर्ने भन्दापनि कामको समीक्षा गर्न आवश्य भने अहिले आवश्य छ ।’




प्रतिक्रिया