ए डिजिभन लिग– प्रहरीद्वारा एनआरटी पराजित

0
Shares

काठमाडौँ,१४ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अङ्क जोडेको छ ।

प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१ औँ मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पहिलो अग्रता लिए ।

खेलको पहिलो हाफसम्म शुन्यका विरुद्ध एक गोलको अग्रता लिएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६६ औँ मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२ औँ मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरे ।खेलमा प्रहरीका नीरकुमार राई म्यान अफ दि म्याच घोषित भए । पराजित एनआरटी एक अङ्कका साथ लिगको पुछारमा छ । रासस