Logo

लाकुरी भञ्ज्याङमा जम्दै कलाकार पत्रकार



मंसिर १४, काठमाण्डौ । खुलेको आकाश, पारिलो घाम । बाटो घाटो पनि सफाचट । हिलो मैलो पनि हुँदैन यतिबेला । पीकनिकको सिजन सूरु भैसक्यो । मंसिर, पुस र माघ पिकनिकका लागि उपयुक्त मौसम हो । त्यसैले यो समयलाई पिकनिकको पर्व पनि भन्न पछि पर्दैनन् पछिल्ला पिंडीहरु ।

दैनिक व्यस्तताबाट केही समय भए पनि रमाईलो प्राप्त गर्न पिकनिक जानेहरुको चाप बढ्दैछ । यतिबेला जाडो पनि नहुने, गर्मी पनि हुने मौसम भएकोले घाम ताप्दै नाच्ने, गाउने अनि रमाउनेहरु पिकनिक आयोजना गर्छन् । पिकनीकमा विशेष गरि विद्यार्थी, कर्मचारी, ,व्यवासायी परिवार एवं साथीभाइहरु जाने चलन छ ।

यही मेसोमा पत्रकार र कलाकारले संयुक्त रुपमा पिकनिक आयोजना गरेका छन् । सुन्दर मौसमको सदुपयोग गर्दै संञ्चारकर्मी तथा कलाकारको एक जम्बो टोली ललितपुरको सुन्दर पर्यटकिय स्थल लाकुरी भञ्याङमा पिकनीक जादैछन् । ‘जाडो महिनाको पारिलो घामको न्यानोपनसंगै प्रकृतिको रमाइलोमा भुल्दै पिकनिक जान लागेका हौ, पिकनीक संयोजक नवराज कुवर भन्छन्, ‘दैनिकीबाट एकैछिन भए पनि विश्राम पाउन र जीउ हल्का बनाउन पिकनिक रिफ्रेसको लागी जान लागेका हौ ।’ पिकनिकमा करिव एक सय २० जना सहभागी हुने कुवरले बताए ।

पिकनिकको सबैभन्दा रमाईलो पक्ष नाचगान र खानपिन हो । पिकनिक स्पटमा बज्ने गीतमा कोही ननाचिरहन सक्दैनन् । नाच्न नजाने पनि गीतमा कम्मर हल्लाउनेहरु कम हुदैनन् । यसैलै पत्रकार कलाकारको पिकनिक टोलीलेले पिकनिक स्थलमै कन्र्सट समेत गर्नेछन् । ‘कलाकारनै सहभागी हुने भएपछि कन्सर्टमा रमाईलो नहुने कुनै छैन, साथीभाइसँग निस्फीक्रि नाँच्न पाइन्छ’ पिकनिकका सह–संयोजक दिनेश गौतम भन्छन् ।

कलाकारसंगै सबै उमेर र सबै मिडियाका पत्रकार सहभागी हुन्छन् । टेलिभिजन, रेडियो, अनलाइन लगायत मुलधारका मिडियाका पत्रकार सहभागी हुने पिकनीक मनोरञ्जनसंगै ज्ञानबद्र्धक समेत बनाईने पिकनीकका व्यवस्थापक चन्द्रमणी अधिकारी बताउछन् । देशैभरका विभिन्न रेडियो स्टेशनबाट बज्ने कार्यक्रम ‘ईन्दे्रणी’का प्रस्तोता तथा राष्ट्रिय लोकसंञ्चारकर्मी समाजका पदाधिकारी गौतम भन्छन्, ‘ विभिन्न मिडियामा आवद्ध पत्रकार, तथा कलाकार पिकनिक जादैछौ, साथिभाइसँग भेटघाट र रमाइलो मात्र नभई, एक अर्काेका अनुभब साटासाटको माध्यम समेत बन्नेछ ।’

कलाकार पत्रकारले पिकनिकलाई स्मरणयोग्य बनाउने तयारी गरेका छन् । नायीका सुजना थाप भन्छिज, ‘पिकनिक रमाईलो गर्ने बहाना पनि हो, त्यसैले सँधै सम्झिनयोग्य बनाउनुपर्छ ।’

लाकुरी भञ्याङनै किन ?

उपत्यकाबाट नजिक रहेको लाकुरी भञ्ज्याङबाट निकै मनमोहक हिमालका दृश्यले घेरेको काठमाडौँलाई देख्न सकिन्छ । उपत्यका भित्रै पर्ने भएपनि त्यहा धेरैको नपुगेका हुन सक्छन । त्यहाँबाट हेर्दा यस्तो लाग्छ– ‘संसारको सबैभन्दा सुन्दर ठाउँ नै यही हो ।’

काठमाडौको कोलाहल र धुलो धुंवामा दिनचर्या विताउदै आएकालाई त्यो गन्तब्यले ठुलो आन्नद दिन सक्दछ । काठमाडाँैंबाट झन्डै एक घण्टा सवारी यात्रामा पुगिने लाकुरी भञ्ज्याङबाट पुरा काठमाडाँै उपत्यका देख्न सकिन्छ । ललितपुर जिल्लाको पूर्वी ठाउमा पर्ने सो स्थान पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउ हो । भञ्ज्याङले देशी विदेशी पर्यटक आकर्षण गर्दै आएको छ । पर्यटकिय हिसाबले निकै महत्व बोकेको त्यस क्षेत्रको बिकास गर्न सकेको खण्डमा आन्तरीक तथा बाह्रय पर्यटक अझ बढ्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्