काठमाडौं, १५ मंसिर । आजदेखि काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा नेपालका पूर्व प्रधानमन्त्रीहरुहरुले कार्यक्रम नै बहिष्कार गरेका छन् । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् माधव कुमार नेपालले नै चेअर गरेको उक्त समिटमा नेकपाकै अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालपनि सहभागी भएनन् । उनीहरुको अनुपस्थितिलाई लिएर उक्त समिटको नेकपाबाटै चर्को विरोध रहेको बुझिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, अन्तिरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राई र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पनि समिटमा सहभागी भएनन् ।
यो समिट सुरु हुनु अघिदेखि नै नेपालमा यसलाई लिएर विवाद सिर्जना भएको थियो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा नेपाल सरकार सह–संयोजक बन्न नहुने विरोध आएपछि सरकार आयोजक बन्नबाट ब्याक भएको थियो । कतिपयले त समिट धर्म प्रचारकोलागि आयोजना हुन लागेको भनेर समेत विरोध जनाएका थिए ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी छन् ।
सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । सम्मेलनमा लागि म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि छन् ।




प्रतिक्रिया