काठमाडौ, १५ मंसिर । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक अस्तित्व बोकेको कर्णाली प्रदेशमा जन्मेकोमा त्यहाँका यूवाहरुलाई त्यस क्षेत्रको विकासमा लाग्न र गर्वगर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौको बालुवाटारमा यूथ नेटवर्क नेपालले आयोजना गरेको ‘समृद्ध कर्णाली र युवा’ विषयक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आफ्नो पन र आफ्नो अस्तित्व दर्साउने जन्मभूमिलाई माथि उठाउनको लागि युवाहरुको ठूलो भूमिका रहने बताएका हुन ।
उनले भने,‘म दलितको कोखमा जन्मेकोमा गर्व गर्छु, कुनैबेला विभेद र अत्याचार भोग्दा मलाई पनि त्यस्तै लाग्थ्यो, आज कर्णालीका मानिसहरुलाई पनि पीडिएको जिल्लामा जन्मेकोमा गर्व गुर्नको साटो घृणा गर्ने स्थिति होला तर त्यो ठिक होईन, कालान्तरमा गर्वगर्नुपर्ने जन्मभूमिकै हो, विकास गर्नु हाम्रो कर्तव्य हो, अन्य विकसित जिल्लाका मानिसहरुको व्यवहारले पनि केही मानिसहरुले निरास शब्दहरु बोलेका होलान्, यसरी परिचय लुकाउनुको पछि ठूला कारणहरु छन् ।’
विश्वकर्माले सामूहिक संकल्प,साझा योजना लिएर अघि बढ्नुपर्नेमा जोडदिदै भने,‘हिजो कुनैपनी बहानमा पछाडी पारिएको वर्ग, समुदाय र भूगोललाई मूलप्रवाहमा समाहित नगरी समृद्धि हासिल गर्न सकिदैन, हाम्रो देशको विकास गर्न कुनै बिदेशी आएर गरिदिदैन, हामीलेनै काम गर्नुपर्ने हो।
वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न नसको कार स्वीकार गर्दै मन्त्री विश्वकर्माले भने,‘ जनचाहना अनुसार काम गर्न नसक्नुको एउटा कारण हालै कार्यान्वयनमा आएको संघीयता पनि हो, सबै नेपालीको घरमा खुसी ल्याउनु सबैको दायित्व सरकारको दायित्व हो, सरकारको राष्ट्रिय कार्यभार पनि हो अर्को कुरा सरकारमा रहेको हाम्रो पार्टीले जनताको मतलाई व्यवास्ता गर्दै सबै काईदा हामी हौं सोच्नु भएन ।’
उनले अघि थपे,’सधैभरि हामी हौ, अजम्बरी हामीलाई जनताले भोट दिएका हुन भनेर घमण्ड गरियो भने आगामी पाँच वर्षपछि नेकपाको हालत आजको कांग्रेसको जस्तै हालत हुन्छ, विकल्पमा जनताले हामीलाई रोजेका हुन, जनताले बुझेका छन्, कर्णालीका जनता र त्यहाँका यूवा प्रतिभालाई प्रगतीको पथमा हिडाउनको लागि मैले के गर्नुपर्छ, मन्त्रालयले के गर्नुपर्छ त्यो गर्न तयार छ, तपाईहरु कार्यक्रम लिएर आउनुहोस् ।’
त्यस्तै कार्यक्रममा प्रतिनिधि सभा सांसद जीवन बुढाले कर्णालीको विकासको लागि यूवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने,‘शिक्षा, स्वास्थ्य, रोजगार, बाटो निमार्ण लगायतका क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने हुन्छ, त्यसको लागि यूवाहरुको भूमिका रहन्छ, यो समयमा यूवाहरुले कन्जुसाई गर्नु हुँदैन, उर्जा क्षेत्र, कृषि, पशुपालन, जटिबुटि लगायतका क्षेत्रमा यूवाहरुले जोडिनुपर्छ, स्वदेशमै अवसरको खोजि गर्नु आजको आवश्यकता हो ।’
कार्यक्रममा पूर्व सांसद एवम् नेपाली कांग्रेसका यूवानेता राजीवबिक्रम शाहले कसैले पनि राजनितिक आस्थाका आधारमा भेदभाव र निषेध गर्न नहुनेमा जोडदिएका छन् । उनले भने,‘अरुबेला राजनीति गरौंला तर विकासमा राजनीतिक नगरौं, कि त कसले कति विकास गर्न सक्छौं ? त्यो प्रतिष्पर्धा गरौं, जुन पार्टी सरकारमा गएपनि जनता र देशका लागि भन्दा पार्टी हितमा लागेकाले नेपालको विकास हुन नसकेको हो, अबका दिनहरुमा यूवाहरुले यो प्रवृतिको अन्त्य गर्नुपर्छ ।’
उनले अघि थपे,‘कर्णाली प्रदेशमा राजनितिक परिवर्तन धेरै भयो तर विकास भएन, विकासको नाममा गएको पैसा भ्रष्टचार भयो, दुरपुयोग भयो, जनताले खान पाएका छैन्न्, केही व्यक्तिहरुले जनताको नाममा गएको पैसा आफ्नो स्वार्थमा प्रयोग गरेका छन्, यो त ठिक भएन नि, माओवादीको सशस्त्र संघर्ष समेत कर्णालीबाटै भएको हो अब विकास र समृद्धिको अभियान पनि कर्णालीबाटै सुरु हुनुपर्छ।’
युथ नेटवर्क नेपालका अध्यक्ष्य तथा पत्रकार खगेन्द्र सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद छक्क बहादुर लामा, पूर्वराज्य मन्त्री तथा राप्रपाकी नेता कुन्ती शाही,नेपाली कांग्रेसका यूवा नेता ऋषिकेशजंग शाह लगायतले कर्णालीको विकास र समृद्धिकोबारेमा यूवाको भूमिका विषयमा आफ्ना अनुभुतिहरु राखेका थिए ।
कर्णाली क्षेत्रका विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौंमा आएर कर्म गरिरहेको राजनीतिक दलका नेता, भातृ संगठनका यूवा नेता, पत्रकार, विभन्नि पेशा व्यवसायका मानिसहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालन संचाकर्मी रविन्द्र सुवेदीले गरेका थिए ।




प्रतिक्रिया