काठमाडौं, १६ मंसिर । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न नसेको भन्दै सरकारको चर्को बिरोध गरेका छन् । गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई राज्य उन्मुक्ति दिएको आरोप लगाएका छन् । साथै
वर्तमान सरकारको रबैया बिरुद्ध नेपाल तरुण दलले देशभर विरोध प्रर्दशन गर्ने बताएका छन् । तरुण दलका महासचिव शाहीले एक विज्ञप्ति जारी गर्दै देशभरका आम कार्यकर्तालाई सरकारको विरुद्धमा शशक्त प्रतिकारका लागि सडकमा ओर्लन आग्रह गरेका छन् ।
विज्ञप्तीमा मार्फत दलले प्रत्येक जिल्ला नेतृत्वलाई मंसिर १७ गते जिल्ला प्रशासन कार्यालयमा सकारको विरुद्धमा ¥याली सहित ज्ञापन पत्र बुझाउन पनि आग्रह गरेको छ । महासचिव शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको दैनिकमाथि नै दोहन गर्न लागेको दावी गरेका छन् । त्यसैको विरुद्धमा मंसिर १७ गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तरुण दलले ज्ञापन पत्र समेत बुझाउँन लागेको उनले जनाए ।

वाईड वडी विमान खरिद प्रकरणमा भएको अकुत भ्रष्टाचार छिटो भन्दा छिटो छानविन गरि सार्वजनिक गर्न, बढ्दो अनियमितता, निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न र मुल्य वृद्धि नियन्त्रणको माग राख्दै तरुण दल देशभर एक चोटी सडकमा आउन लागेको शाहीले बताए ।




प्रतिक्रिया