काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस काँग्रेसले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रकृयालाई सुखद र सकारात्मक रुपमा लिएको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर काँग्रेसले सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रकृयाबारेको प्रस्ताव सार्वजनिक गरेको छ । तर उसले यसको कार्यान्वयन प्रकृयाका क्रममा भएको प्रचार शैलीलाई अनावश्यक र भड्किलो भनेर आलोचना समेत गरेको छ । काँग्रेको जारी केन्द्रीय समितिको बैठकबाट मंसिर १६ गते पारित यस सम्बन्धी प्रस्ताव नै पारित गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,‘शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा सम्माननीय राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली काँग्रेसले लिएको छ।’




प्रतिक्रिया