कालिकोट, १६ मंसिर । युवा व्यावसायी धबेन्द्र शाहीको नेतृत्वमा ४० जना युवावाहरुले कर्णाली प्रदेशको मुगुमा रहेको बिश्वकै सुन्दर रारा ताल पदमार्ग सफाइमा जुट्ने भएका छन् ।
पर्यटकको आवत जावतको संख्या बढेसँगै बाटोमा फोहोर बढ्न थालेपछि युवाहरुले उक्त पहल गर्न लागेका हुन । व्यावसायी शाहीले भने,‘ सरकारले पर्यटन वर्ष २०२० को तयारी गरिरहेको छ, हामी यूवाहरुले रारा घुम्न आउने पर्यटकलाई आकर्षण गर्नको लागि सकारात्मक सन्देश दिनको लागि यो प्रयास थालेका छौं, फोहोर न्युनिकरणको लागि हामीले यस्ता प्रयासहरु निरन्तर गर्नुपर्ने देखिन्छ ।’
मान्म बजारमा रहेको हिलसाईड होटेलका संचालक शाहीको नेतृत्वमा ४० युवा मिलेर कालिकोटदेखि रारा पदमार्ग सरसफाइ अभियानमा जुटेका हुन । शनिबार मान्ममा पत्रकार सम्मेलन गरी राराको मौलिकता संरक्षणका साथै राराको पहिचान कायम राख्न रारा पदमार्ग सरसफाइ अभियान सुरु गरिएको युवा व्यवसायी शाहीले बताए ।
रारा राष्ट्रिय निकुञ्जको सुरुवातीसँग हिँडेर जाने करिव ४ किलोमिटर पैदल मार्गमा फरक फरक ठाउँमा तीस वटा डडस्मि राख्ने र बाटोमा भएको प्लाष्टिकजन्य सामान तथा कुहिने–नकुहिने सामान उठाएर व्यवस्थापन गर्ने बताए ।




प्रतिक्रिया