सरकार छोड्दै उपेन्द्र यादव, आकस्मिक बोलाए पार्टीको बैठक !

0
Shares

काठमाडौं, २१ मंसिर । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकार छोड्ने अन्तिम तयारी थालेको छ । सूत्रहरुले दिएको जानकारीअनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवबीच भनाभन नै भएको छ ।

यादवले संविधान संशोधन प्रक्रिया अघि बढाउनको लागि प्रधानमन्त्रीले आलटाल गरिरहेको भन्दै सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि पोख्दै आएका थिए ।

RELATED NEWS:

उपेन्द्र यादवको हमला : ओली र प्रचण्ड कम्युनिष्ट होईनन्

सरकारसँग जनता सन्तुष्ट छैनन् : उपेन्द्र यादव

उपेन्द्र यादव सरकारबाट बाहिरिने, राजपाले पनि समर्थन फिर्ता लिने

उपेन्द्र यादवको दाबी : संविधान संशोधनको प्रस्ताव अब अघि बढाउँछौं

पछिल्लो समय एशिया प्यासिफिक समिटलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई विवादित समिटमा किन सहभागी भएको भनेर प्रश्न गरेका थिए । एक जना मन्त्रीका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओली र यादवबीच निकै ठूलो स्वरमा चर्काचर्की नै भएको थियो ।

पार्टीबाटपनि यादवलाई तत्काल संविधान संशोधन प्रक्रिया नबढे सरकारबाट बाहिरिन दबाब आएको छ । यही विषयमा निर्णय लिनको लागि यादवले भोलि पार्टीको केन्द्रिय किमिटी बैठक डाकेका छन् ।