भोलि अन्तरप्रदेश परिषदको बैठक, मुख्यमन्त्रीहरु कडा रुपमा प्रस्तुत हुँदै


काठमाडौं, २२ मंसिर । भोलि विहान अन्तरप्रदेश परिषद्को बैठक बस्दैछ । ८ महिनादेखि हुन नसकेको उक्त बैठक भोलि आईतबार पहिलो पटक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको लागि बैैठक बोलाएदेखि नै ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु निरन्तर सम्वादमा रहेको बुझिएको छ । उनीहरु आजपनि छलफलमा जुटेका थिए ।

मुख्यमन्त्रीहरु आज एक ठाउँमा भेला भएर भोलि प्रधानमन्त्रीसँग राख्ने समस्याबारे छलफल गरेको स्रोतको दाबी छ । अन्तरप्रदेश परिषदको बैठकमा प्रधानमन्त्रीसहित केन्द्र सरकारका मन्त्री, सचिव र ७ वटै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् ।