विवाहपञ्‍चमीमा भएर सहभागी मुख्‍यमन्त्री योगी स्वदेश फर्किए

0
Shares

जनकपुर, २६ मंसिर । विवाहपञ्‍चमी महामहोत्सवमा सहभागी हुन जनकपुरधाम आएका भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्‍यनाथ करिब पाँच घण्टाभन्दा बढी समय यहाँ बिताएर स्वदेश फर्किएका छन्।

निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथले समकक्षी लालबाबु राउतसँग भेटघाट गरेका थिए। भेटमा उनले जनकपुर-अयोध्याको सम्बन्ध सुमधुर रहेको बताएका थिए।

योगीले जानकी मन्दिरमा पूजाआजा, दिवाभोज र ऐतिहासिक रंगभूमि बाह्रबिघामा भएको रामसीताको स्‍वयंवर समारोहमा भाग लिएका थिए। उनीसँगै भारतबाट जन्ती आएका साधुसन्त पनि स्वयंवरमा सहभागी भएका थिए।