Logo

साना किसानको ऋण मिनाहा, कपडा उद्योगीलाई अनुदान र छुट



काठमाडौं, २७ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन।

साना किसानले कृषि विकास बैंकबाट लिएको ऋण सरकारले मिनाहा गरेको हो। किसानले लिएको ऋण (साँवा र ब्याज) अब सरकारले बैंकलाई तिर्नेछ। यो निर्णयबाट करिब ७ सय किसान लाभाम्वित हुने भएका छन्।

त्यस्तै, सरकारले आन्दोलनरत कपडा उद्योगीको माग सम्बोधन गर्दै बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट दिने निर्णय समेत गरेको छ। मन्त्री बास्कोटाले दिएको जानकारी अनुसार उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय भएको हो।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्