Logo

विकट वडामा ट्र्याक खोलिँदै



दाङ, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा बाटोको ट्र्याक खोल्नुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पार्न थालेको छ । यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडा १, ३, ४ र १३ का विभिन्न गाउँमा बाटो पु¥याउन काम गरिरहेको र दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ नहुने उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

वडान नं ४ का वडाध्यक्ष बालकृष्ण पुनले भन्नुभयो, “पर्यटकीयस्थल चमेरे गुफा र मुलकोटसम्म बाटो पु¥याउनुका साथै वर्षात्को समयमा बाढीपहिरोले बन्द गराएका सबै बाटो खुलाउने भएको छ ।”

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा विकासका कामलाई अगाडि वढाउनका लागि दुई जेसिबी, दुई ट्रक र एउटा रोलर किनेर प्रयोगमा ल्याएकाले नयाँ ट्र्याक खोल्न र ग्राभेल गर्न सहज भएको नगरप्रमुख पाण्डेले बताउनुभयो । वडा कार्यालयको निवेदनमा क्रमानुसार ती उपकरणलाई प्रयोग गरिने यान्त्रिक शाखा प्रमुख मधुकर डाँगीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्