Logo

पार्टीभित्रबाटै सरकार र प्रधानमन्त्रीको आलोचना गर्नु बकम्फुसे कुरा हो : मण्डल



मंसिर २८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता सत्यनारायण मण्डलले भोलीबाट सुरु हुने स्थायी समिति बैठकमा सरकारको बारेमा समीक्षा हुने बताएका छन् ।

नेपाली रेडियो नेतवर्कको कार्यक्रम नेपाली बहस मा ऋषि धमलासँग कुरा गर्दै मण्डलले सरकारको कमी कमजोरी पहिल्याएर सच्याउनका लागि पार्टीभित्र समीक्षाभित्र हुनु स्वभाविक भएको बताए ।

समीक्षाको नाममा पार्टीभित्रैबाट सरकार र प्रधानमन्त्रीको आलोचना मात्रै गर्न भने नमिल्ने उनको तर्क छ ।

सरकारको बारेमा सानो तिनो घटनालाई सरकार र प्रधानमन्त्री ओलीसँग जोड्न नहुने मण्डलले बताए ।

“नेताहरुले जुन किसिमको अभिव्यक्ति दिइरहनुभएको छ, त्यो विल्कुल ठीक होइन । अहिले देशमा भएका समस्या यो सरकारले नौ महिनामा सृजना गरेको होइन ।” उनले भने ।

आफ्नो स्वार्थ पूरा नभएको रिसमा कतिपय नेताहरुले बकम्फुसे कुरा गर्ने गरेको उनको आरोप छ ।

मण्डलले आफू कुनै पनि नेताको गुटमा नरही नेकपाको नेताको रुपमा मात्रै रहेको स्पष्ट पारेका छन् । यद्यपी आफु संस्थापन पक्षमा रहको भने स्विकार गरे । अध्यक्षद्धय केपी ओली र पुष्प कमल दाहाल नै आफ्नो नेता भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्