Logo

कांग्रेस महासमिति बैठक तामझामसहित सुरु (फोटोफिचर)



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक तामझामसहित केहीबेर अघि काठमाडौंमा सुरु भएको छ। सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन गरेका छन् । काठमाडौंको योगेम्बर पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वा्चित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्