Logo

गापा अध्यक्ष बमद्धारा खोज तथा विकास पत्रकारिता पुरस्कारको घोषणा



कालिकोट, १ पुस । जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको खोज तथा विकास पत्रकारिता पुरुस्कारको घोषणा गरेका छन्।

जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई उक्त रकमबाट आउने ब्याजको पैसाले एक जना पत्रकारलाई पुरुस्कार वितरण गर्ने पत्रकार महासंघ जिल्लाको सवन्वयमा पुरुस्कार दिइने अध्यक्ष बमले बताए।

‘मैले गाउँपालिका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ पत्रकार महासंघ जिल्ला शाखा कालिकोटको खातामा जम्मा गरेको छु।’ उनले भने, ‘त्यो रकमबाट आउने ब्याजले पत्रकार महासंघ जिल्लाले एक जना पत्रकारलाई पुरस्कृत गर्नेछ।’



प्रतिक्रिया दिनुहोस्