Logo

‘देउवा सफल बरु ओली असफल, धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्छ’



काठमाडौं, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सफल सभापतिको संज्ञा दिएका छन् । उनले अहिले पार्टीभित्र एकता कायम गरेर जानुपर्ने पक्षमा सभापति देउवा रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले बरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको दाबी गरेका छन् ।

फरक प्रसँगमा उनले आफूले हिन्दु राज्यको कुरा नउठाएको भन्दै धर्म्निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रताको कुरा उठाएको प्रष्ट पारे । कोइरालाले भने, ‘धर्म स्वतन्त्र हुनुपर्छ । पशुपतिनाथ, भारतको कासीलागयतका धार्मिक स्थलमा कहाँ लेखेको छ ? त्यहाँ गएर डोग्नु वा स्नान गर भनेर । धर्म त तिमिमा छ । आफूभित्र खोज भनिएको छ । त्यसैले मैले धर्म स्वतन्त्र हुनुपर्छ भन्ने गरेको छु ।’

उनले धर्म निरपेक्ष र सापेक्ष नहुने भन्दै काँग्रेसको झण्डामा रहेका ४ तारामध्ये एक धर्म स्वतन्त्रताको प्रतिक भएको बताए । महामन्त्री कोइरालाले अहिले धर्मनिरपेक्षताको विषयमा जनामतसंग्रहको वातावरण बनाउने अवस्था रहेको बताए ।

उनले यस विषयलाई पार्टीको आधिकारिक एजेण्डा बनाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेल पनि मनाउन लागि परेको जनाए ।



प्रतिक्रिया दिनुहोस्