Logo

देशमै रोजगारी सृर्जना गर्ने वर्तमान सरकारको योजना: मन्त्री थापा



काठमाडौँ,२ पुस । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले देशमा भएको स्रोत तथा साधनको प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिएकी छन ।

सफा सुनौलो नेपालको आयोजनामा आयोजित सिलाइ, कटाइ तथा बुनाइ तालीम समापन कार्यक्रममा बोल्दै उनले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सिप तालिमले मद्दत गर्ने बताईन। उनले देशमा नै रोजगारीको सृर्जना गर्नु वर्तमान सरकारको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक विकासलाई उच्च प्राथमिकता दिनुपर्ने बताईन ।

कार्यक्रममा चीनिया राजदूतावासका कन्सुलर ज्याङ् प्याङ्ले महिलाले चाहे देश बदल्ने बताए । उनले तालीमले महिलालाई आर्थिक रुपले सवल भई अघि बढ्न सहयोग पुगेको उल्लेख गरे । नेपाली महिलालाई जनस्तरबाटै सवल बनाउन चीन सरकार लागि परेको धारणा उनको रहेको थियो ।

उनले आगामी दिनमा प्राविधिक तथा विभिन्न प्रकारका तालीमको आयोजना बढाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । तालीममा ५६ महिला सहभागी रहेका थिए । सो तालीममा सहभागीलाई सिलाइ यन्त्र र ऊनको धागो प्रदान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्