पुष ३, काठमाण्डौ । नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ । बैठकमा पेश गर्ने विधानको मस्यौदामा नेताहरुबीच सहमति हुन सकेको छैन ।
कांग्रेस नेता रमेश लेखकले विधानका धेरै विषयमा सहमति भइसके पनि केही कुरामा नेताहरु एकमत नहुँदा समस्या देखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले विधानमा अन्तिम सहमतिको प्रयास भइरहेको बताए ।
“मोटो सहमति भइसकेको छ । आजसम्ममा सबै विषयमा सहमति हुन्छ । केन्द्रिय समिति र पदाधिकारीको संख्या र निर्वाचन प्रणालीमा सहमति भइसकेको छ । आज केन्द्रिय समितिले सबै सहमति गरेर अन्तिम टुङ्गो लाग्छ ।” लेखकले भने ।
पदाधिकारीको संख्या बढाउने विषयमा सहमति भइसकेको उनले बताए । महासमिति बैठकअघि नै सहमति हुनुपर्नेमा नेताहरुले गल्ती गरेको लेखकले आरोप लगाए ।
महासमिति बैठक आज सकिने भए पनि विधानमा छलफल नै सुरु भएको छैन । नेता लेखकले बैठक केही दिन लम्बिने बताएका छन् । महासमिति बैठकमा छलफल गरेर मात्रै विधान पारित गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया