Logo

आफूविरुद्ध नेताहरु जाईलाग्दा देउवाले देखाए यस्तो हर्कत (भिडियोसहित)



काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा मुख्य एजेण्डामा अझैसम्मपनि छलफल हुन सकेको छैन । पार्टीमा पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न सकेको छैन ।

महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा त्यसको छलफल नै प्रारम्भ हुन सकेको छैन ।

पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भईरहे पनि अन्तिम सहमति जुट्न नसक्दा महासमितिको बैठकमा त्यस विषयले प्रवेश पाउन नसकेको हो । पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले कुरा भइरहेको छ । तर त्यसको निर्वाचन पद्दतीमा कुरा मिल्न सकेको छैन ।

विधानकै विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठक सकिने दिन भईसक्दा पनि विधान प्रस्तुत नभएपछि सदस्यहरु भने पार्टी नेताहरुप्रति आक्रोसित भएका छन् । विधान टुंग्नो लाग्न नसकेकाले केही बेरका लागि महासमिति बैठक नै स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्