Logo

डिपिएलका लागि खेलाडी दर्ता आजदेखि



काठमाडौँ,४ पुस । धनगढी प्रिमियर लिग डिपिएल को तेस्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ ।आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ । यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ । खेलाडीले फर्म भर्दा न्यूनतम रु ३० हजारदेखि अधिकतम दुई लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन् ।

फर्म भर्नका लागि डिपिएलको आधिकारिक वेब पोर्टलमा लगइन गर्नुपर्नेछ । फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ । फर्मको शुल्क रु एक हजार तोकिएको छ । टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot