Logo

कांग्रेस विधान मस्यौदा प्रस्तावले पूर्णता पाएन, यसो भन्छन् प्रवक्ता (भिडियोसहित)



काठमाडौं, ४ पुष । नेपाली कांग्रेसको विधान मस्यौदा प्रस्तावले अझै पूर्णता पाउन सकेको छैन । हिजो पदाधिकारीबीच जुटेको सहमति केन्द्रीय कार्यसमिति बैठकबाट पारित नभएका कारण विधान मस्यौदा प्रस्तावले पूर्णता पाउन नसकेको हो ।

बुधबार पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता विश्वप्रकाश शर्माले संशोधनसहितको विधानको विषयमा निर्णय गरेर छपाईका लागि प्रेसमा पठाउने जानकारी दिए । उनले विधान छपाइका लागि प्रेसलाई ‘स्ट्याण्डबाइ’ राखिएको बताए ।

मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकमा बुधबार अपरान्हसम्म १६२ जना महासमिति सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन् । शर्माका अनुसार कांग्रेसको महासमिति बैठक बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठक पुष ६ गते अपरान्हसम्म चल्ने उनले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्