Logo

नबिल बैंकका कर्मचारी र सेवाग्राहीले मेडिसिटी अस्पतालको उपचारमा सहुलियत पाउने



ललितपुर, ४ पुष । नेपाल मेडिसिटी अस्पताल र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

भैंसेपाटीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल तथा बैंकका तर्फबाट रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्झौतासंगै अब नेपाल मेडिसिटी अस्पतालमा नबिल बैंकका सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने यसबाहेक बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्ने भएको छ ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा अघि सारेको नेपाल मेडिसिटी अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना बनाएकोमा देशको ठुलो जनसंख्या समेटेको नबिल बैंकसंग अस्पतालले सहकार्य गरेको हो ।

बिहीबार भएको सम्झौतामा नबिल बैकका तर्फबाट उपस्थित भएका शर्माले दीर्घकालीन ढंगले अस्पताल र बैंकले सहकार्य गरी स्वस्थ र समृद्ध नेपाली अभियानलाई सार्थक गर्न सकिने धारणा राखे।



प्रतिक्रिया दिनुहोस्