काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत एचई एमआर फ्रान्कोइज लेजरबीच बिहीबार शिष्टाचार भेट भएको छ।
भेटका क्रममा मन्त्री विष्ट र राजदूत एचईबीच नेपाल र फ्रान्सबीचको सात दशक लामो सम्बन्धका विविध आयामका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा मन्त्री विष्टले विसं २०७२ सालमा आएको विनाशकारी भूकम्पको बेला फ्रान्स सरकारले पुर्याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानी प्रति धन्यबाद व्यक्त गरेका थिए।
मन्त्री विष्टले नेपाले नेपाली श्रमिक रोजगारीका सिलसिलामा खाडी लगायतका विभिन्न मुलुकमा समेत उलेख्य संख्यामा जाने गरेकाले यी मुलुकबीच रोजगारीका अवसर आदानप्रदान गरी दुवै देशको हित अभिवृद्धि गर्न सकिनेमा मन्त्री विष्टले जोड दिएका थिए।
राजदूत एचईले तीन महिनाको अवधिमा नेपालको राजनीतिक, आर्थिक तथा भौगोलिक अबस्थाको जानकारी राम्रोसँग पाएको बताउँदै नेपालमा फ्रेञ्च कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउन चाहेको जानकारी दिए।
उनले सन् २०१४ मा नेपाल र फ्रान्सबीच भएको द्विपक्षीय सम्झौताको कार्र्यान्वयनमा दुवैदेश जिम्बेवार हुनुपर्नेमा जोड दिएका थिए। मन्त्री विष्टले पनि फ्रान्स र नेपालबीचको बहुआयामिक सम्बन्धलाई विस्तार गरेर अघि बढ्न आफू प्रतिबद्ध भएको बताए थिए।
प्रतिक्रिया