Logo

पदाधिकारीबारे निधिले अघि सारे नयाँ प्रस्ताव, पौडेल पक्षले के गर्ला ?



काठमाडौं, ५ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले आज नयाँ प्रस्ताव गरेका छन् । त्यस्तै, सभापति देउवासँग उपसभापति निधिले पनि पदाधिकारी चयनका विषयमा अनौपचारिक छलफल गरेको खुलासा भएको छ ।

उनले उपसभापतिको विषयमा बैठकको निर्णयलाई मानेर जानुपर्ने तर महामन्त्री ३ र सहमहामन्त्री ७ जना बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । निधिले सबै सहमहामन्त्री मनोनित हुनुपर्ने प्रस्ताव समेत अघि सारेका छन् ।

त्यस्तै २ जना उपसभापति र महामन्त्रीमध्ये १–१ जना मनोनित गर्ने प्रस्ताव पनि अघि सारेका छन । निधिले अघि सारेको प्रस्ताव शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा लगिने तयारी देउवा पक्षले गरेको छ।

तर, मंगलबारको बैठकले उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे निधिले आफूहरुको सहमति भएको जानकारी दिएका थिए । तर, उनै निधिले फेरी अर्को नयाँ प्रस्ताव गर्नुले महासमिति बैठक झनै विवादित भएको छ ।

उता, यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै उपसभापति, महामन्त्री र सहमहामन्त्री १–१ जना थपेर ३ जना बनाउनुपर्ने प्रस्ताव अघि सासिरसकेका छन् । नेता पौडेलले थपिने १–१ जना पदाधिकारीहरु भने मनोनित गरेर जानुपर्नेमा प्रस्ताव समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्